कविता महोत्सवमा कवि बल प्रथम

303

असार ९,
काठमाडौँ । नेपाल प्रज्ञा–प्रतिष्ठानको ६१औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित राष्ट्रिय कविता महोत्सवमा काभ्रेपलाञ्चोकका फूलमान बलको ‘इन्द्रेणी गीत’ शीर्षकको कविता प्रथम भएको छ । महोत्सवमा धादिङकी सुनिता खनालको ‘श्याम श्वेत फोटो’ शीर्षक दोस्रो भएको छ भने तीनजना कविका कविता तेस्रो भएका छन् । तेह्रथुमका एलिना दुलालको ‘लाहुरेकी स्वास्नी’ रामेछापका जीवन खत्रीको ‘अर्को प्यास’ र मोरङकी मेनुका चापागाइँको ‘बाटो बिराएँछु’ कविता तेस्रो भएको प्रतिष्ठानका कार्यक्रम संयोजक सन्ध्या पहाडीले जानकारी दिनुभयो । पुरस्कारको राशि प्रथम, दोस्रो र तेस्रोलाई क्रमशः रु ३० हजार, रु २५ हजार र रु २० हजार रहेको छ ।