मिटर व्याजको बिगबिगीः तण्डुकार दम्पतिको कारण धेरैको सकिने भयो सम्पत्ति

332

नयाँ नेपाल न्युज
असार ९,
काठमाडौं । काठमाडौं उपत्यकामा मंहगो व्याजदरमा रकम दिएर मिटर व्याजहरुको कारण सर्वसाधरण ठगिने क्रम बढेको छ ।
मिटर व्याजमा लगाउनेहरुले १ लाखको मासिक १० हजारभन्दा बढि व्याज लिने गर्दछन् । यसरी चर्को दरमा पैसा दिनेहरु ब्याज बापतको रकम र सावाँ समेत चेक मार्फत लिने गर्दछन् । कतिपयले घर जग्गा समेत बन्धकी स्वरुप पास गरि लिने गरेका छन् । मंहगो घरजग्गा आफ्नो नाममा लिएपछि गायव हुने र प्राप्त चेकहरु बाउन्स गर्दै उल्टै उजुरी दिने गर्दा रकम लिनेहरु दोहोरो मारमा पर्ने गरेका छन् ।

एकातिर घरजग्गा जाने र अर्कातिर मुद्धा मामिला गर्दै हिड्नु पर्ने बाध्यता आएको छ ।
त्यसैबिच काठमाडौ महानगर वडा १० नम्बर बानेश्वर बस्ने सिताराम तण्डुकार दम्पतिले मिटर व्याजमा लगाएर धितो जमानी स्वरुप घरजग्गा र चेकहरु लिई बेपत्ताको एक पीडितले नयाँ नेपाल न्युजलाई बताएका छन् ।
तण्डुकार दम्पतिले करोडौं पर्ने घरजग्गा आफ्नो नाममा जमानी स्वरुप लिई बेपत्ता हुदाँ थुपै घरपरिवार सडकमा पुग्ने अवस्था आएको पीडितहरुको भनाई छ ।

गतसाल मात्र मिटर व्याजमा लगाउनलेलाई जिल्ला प्रहरी कार्यालय कैलाली पक्राउ गरि कारवाही पक्रिया अगाडी बढाएको थियो । यसरी पक्राउ पर्नेमा लक्ष्मी देवकोटा, धनगढि उपमहानगरपालिका ८ बुद्धचोकी कबिता चौधरी तथा मञ्जु बम र सोही नगरपालिका वडा २ नम्बर निलम पनेरु पक्राउ परेका थिए ।

यस अगाडी नै सिताराम तुण्डुकारको विरुद्ध गैरकानुनी रुपमा सम्पत्ति आर्जन गरेको भन्दै सम्पत्ति सुद्धिकरण विभागमा मुद्धा दायर भएको थियो । उनविरुद्ध छानविन समेत भइरहेको स्रोतको दाबी छ । गणतान्त्रीक मुलुकका शक्तिसाली प्रधानमन्त्री केपी शर्मा ओली मातहतमा रहेको सम्पत्ति सुद्धिकरण विभागको काम भने प्रभावकारी हुन नसकेको सर्वसाधरणको गुनासो रहेको छ । यस्ता संस्थाको काम कारवाही छिटो छरितो र सेवा प्रभावकारी हुन आवश्यक छ ।