घाटमा पुर्‍याएको शव प्रहरीको नियन्त्रणमा

267

असार ९,
गोरखा । अपाङ्गता भएकी महिलालाई छोराले कुटपिट गरी हत्या गरेको आशंकामा प्रहरीले दाहसंस्कारका लागि घाटमा पुर्‍याएको शव नियन्त्रणमा लिएको छ । मृतकका छोरा र मलामीहरु समेत पक्राउ परेका छन् । भिमसेन गाउँपालिका-१ निवेलकी ६३ बषर्ीया बिभा विश्वको शनिबार विहान करिव ३ बजे मृत्यु भएको थियो । उनका छोरासहित केही स्थानीयबासीले दाहसंस्कारका लागि शव नयाँ साँघुस्थित धर्मावती घाटमा लगेका थिए ।
तर कुटपिट गरी हत्या गरेको खवर पाएपछि प्रहरी टोली घाटमा पुगेर शव दाहसंस्कार गर्न रोकेको छ । प्रहरीले मृतकका छोरासहित १८ जना मलामीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।