को बन्ला उत्कृष्ट अभिनेता

154

असार १०,
काठमाडौं । अभिनेता अनमोल केसी, प्रदीप खड्का,पल शाह, पुष्पल खड्का र दयाहाङ राईबीच उत्कृष्ट अभिनेताको रुपमा भिडन्त हुने भएको छ । जापानको टोकियोमा पहिलोपटक हुन गइरहेको नेपाली चलचित्रको अवार्ड ‘सुर्य ईन्टरनेशनल अवार्ड–२०१८’ यी उत्कृष्ट पाँचको सूचिमा अटाउन सफल भएका हुन् । उत्कृष्ट पाँच नायिकाको सूचिमा भने साम्राज्ञी राज्यलक्ष्मी शाह, पुजा शर्मा, श्वेता खड्का, शिल्पा पोखरेल, नीता ढुङ्गाना परेका छन् । नोमिनेशन सूचि शनिबार राजधानीमा एक कार्यक्रममा बीच सार्वजनिक गरिएको हो । राजधानीको लाजिम्पाटस्थित होटल र्याडिशनमा आयोजित एक कार्यक्रममा अवार्ड आगामी १६ सेप्टेम्वर अर्थात भाद्र ३१ गते आयोजना हुने जानकारी दिइयो । नोमिनेशनका उत्कृष्ट पाँचलाई विश्वभरबाट अनलाईन भोटिङ गर्न सकिने व्यवस्था समेत मिलाईएको छ । अनलाईन भोटिङको शुल्क लाग्ने छैन ।