संसदीय समिति गठन विवाद

102

असार ११,
प्रमुख प्रतिपक्षी कांग्रेसले संघीय संसद्मा गठन हुने समितिहरूमा आफ्नो स्थान सुनिश्चित नभएसम्म सदस्यका लागि नाम नदिने अडान राखेको छ ।कांग्रेसले १६ वटा समितिका सदस्यमा प्रतिपक्षीको उपस्थिति कस्तो रहने र कतिवटा समितिको नेतृत्व प्रतिपक्षीले पाउने भन्ने विषय सत्तारूढ दलले पहिला स्पष्ट पार्नुपर्ने अडान राखेको हो ।संसद्को कार्यसञ्चालन नियमावली पारित भएसँगै प्रतिनिधिसभामा १०, राष्ट्रिय सभामा ४ र संयुक्त २ गरी १६ वटा संसदीय समिति गठनको बाटो खुलेको छ । संसद् सचिवालयले समितिमा बस्ने सदस्यको नाम पठाउन सबै दललाई पत्राचार गरेको छ ।नाम आउन ढिलाइ भएपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले आइतबार समिति गठन सन्दर्भमा बोलाएको बैठकमा कांग्रेस नेता सुरेन्द्र पाण्डेले दलहरूको साइजअनुसार समानुपातिक हिसाबले समितिको नेतृत्व बाँडफाँट गर्ने सन्दर्भमा सत्तापक्षबाट जवाफ नआएसम्म नाम दिन नसकिने धारणा राखेका थिए ।कांग्रेस संघीय संसद्का १६ वटै समितिको नेतृत्व भागबन्डा हुनुपर्ने पक्षमा उभिएको छ । नेता पाण्डेले राष्ट्रिय सभाका चारवटा समितिका विषयमा मात्रै होइन, संघीय संसद्मा गठन हुने सबै समितिका सन्दर्भमा दलहरूबीच पहिला छलफल हुनुपर्ने बताए ।