एकोहोरो टिभी हेर्नाले आँखामा यस्ता समस्या

271

असार ११,
काठमाडाँै । ४ वर्षको प्रतीक्षापछि फुटबलको महाकुम्भ विश्वकप २०१८ असार ३१ बाट भइरहेको छ । रसियाको राजधानी मस्कोमा आयोजना गरिएको खेलमा अहिलेसम्म धेरै देशले आफ्नो प्रदर्शन देखाइसकेका छन् ।नेपाल विश्वकपमा सहभागी हुन नसके पनि खेल नहेर्ने नेपाली भने कमै होलान् । एक महिनासम्म हुने विश्वकपमा एक दिनमा ३ वटा खेल हँुदै आइरहेको छ । विश्वकै चासोको विषय बनेको यो खेल नेपालीहरूले पनि पनि निकै चासोको रूपमा हेरेका छन् । यो समयमा लामो समयसम्म टिभीमा हेर्दा स्वास्थ्यको हिसाबलाई आँखालाई समस्या हुने चिकित्सकहरूले बताउँदै आइरहेका छन् । रातभरको अनिँदो आफ्नो टिमले नजित्दाको तनावले गर्दा कति त ननिदाई छर्लङ्गै रात कटाउने गरेका छन् । निरन्तर मोबाइल, टिभी हेर्नु आँखाको स्वास्थ्यका लागि सकारात्मक नभएको डाक्टर बेन लिम्बु बताउँछन् । विश्वकपका फ्यानहरूका लागि निरन्तर टिभी हेर्दा आँखामा हुने समस्याको बारेमा डाक्टर लिम्बुको छोटो जानकारी उनकै शब्दमा । विश्वकप नहेर्ने भनेको होइन तर आफ्नो आँखालाई पनि स्वस्थ्य राख्न उत्तिकै जरुरी छ । जिन्दगीको धेरै कुरामा मौका पाइन्छ तर आँखा यस्तो चीज हो, जसले तपाईंलाई दोस्रो मौका दिँदैन । एक पटक गुमेपछि पाउन सकिँदैन । त्यसैले आँखा बचाऊँ । यो परेर सिक्ने कुरा होइन, अर्काको अनुभवबाट जान्ने कुरा हो । धेरै समय मोबाइल हेर्ने, निरन्तर टिभी, कम्प्युटर हेर्ने अनि अहिले रातभरी विश्वकप हेर्ने नेपालीहरूका लागि आँखा स्वास्थ्य बारेमा मेरो म छोटो जानकारी राख्दैछु ।आँखा स्वास्थ्यलाई निरन्तर राम्रो बनाएर राख्नका लागि निरन्तर पानीको मात्र आवश्यक हुन्छ । तपाईं निरन्तर परेला नझिम्क्याई आँखा हेर्नुहुन्छ भने आँखाको सर्भेस एरिया ठूलो हुन्छ । त्यस्तो हुँदा आँखाको एरिया सुख्खा हुन्छ । कम्प्युटर, मोबाइल, ल्यापटप हेर्दा राति निन्द्रा पुगेन भने आँखा सुख्खा बनाइदिन्छ । अहिले विश्वकपको समय चलिरहेको छ । राति टिभी हेर्दा तपाईंको आँखामा ड्राई आइको समस्या धेरै हुन सक्छ । आँखामा सुख्खा हुँदा आँखा दुख्ने, चिलाउने, एकदमै धेरै सुख्खा भयो भने कहिलेकाहीँ आँखा सुख्खा भएर घाउ पनि हुन थाल्छ । माटोमा पानी सुख्खा भयो भने फुट्न थाल्छ नि त्यस्तै आँखाको कालो भाग फुट्न सक्ने सम्भावना हुन्छ ।