एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि

144

असार ११,
माध्यमिक शिक्षा परिक्षा कक्षा १० एसइई को नतिजा प्रकाशनमा गम्भीर त्रुटि देखिएको छ । परीक्षा नियन्त्रण कार्यालय पनिकाले शनिबार प्रकाशित गरेको नतिजामा आईतबार हजारौँ विद्यार्थीको जिपिए बढेको छ ।
पनिकाले तोकेको वेबसाइट तथा एसएमएसबाट विद्यार्थीले शनिवार प्राप्त गरेको जिपिए आईतबार बढेको हो ।
जिपिए बढेपछि विद्यार्थी, अभिभावक, शिक्षक अन्योलमा परेका छन् ।कुनै पनि विषयमा ९० अंक ल्याउने विद्यार्थीको ग्रेड सम्बन्धित विषयमा ए प्लस हुनुपर्नेमा पनिकाको सिस्टमले ए ग्रेड मात्रै देखायो ।