भक्तपुरमा आमाहरुको पढ्ने रहर पुरा गर्ने विद्यालय

96

असार १२,
भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका स्थित गठ्ठाघरमा रहेको आस्था महिला विद्यालयले विद्यालय शिक्षाबाट बञ्चित महिलाहरुको पढ्ने धोको पुरा गर्न सहयात्री बनेको छ । विद्यालय जान व्यागमा किताब र कापी बोकेर हिड्दा ६३ वर्षकी तुल्सीमाया श्रेष्ठलाई धेरैले गिज्याए । तर उनलाई मनभित्र एउटा अठौट थियो । जिवन रहुन्जेल पढेरनै छोड्छु । त्यसैले त्यस्तो भन्नेहरुको सामु उनले एसइइ परिक्षा पास गरेर देखाइदिन । कुनैदिन तुल्सीमाया पढ्न निस्किदा मुख खुम्चाउनेहरुलाई अहिले उनी उदाहरण बनेकी छिन् । एसइइमा उनले सि ग्रेट प्राप्त गरिन् । विद्यालय शिक्षाबाट बञ्चित धेरै महिलाहरुले शिक्षाको ज्योति यहिबाट प्राप्त गरेका छन् ।

त्यही समुहमा छिन् निर्मला आर्चाय । उमेरले पाँच दशक नजिकै रहेकी उनलाई एक जना शिक्षक आफन्तले नै विद्यालय गएको भनेपछि मर्ने बेला ‘हरियो काक्रो’ खाने भने । उनले तेही हरियो काक्रो उखान सुनाउनेलाई नै जवाफ दिइन् ‘म मर्ने बेलामा हरियो काक्रो खाएर मर्छु ’ । अछामकी ४४ वर्षीय कौशिला बोहाराका जेठो छोरो स्नातकमा अध्ययन गर्दैछन् । कान्छो छोरा र उनले यहिँ वर्ष एसइइमा परिक्षामा सहभागी भए । उनका छोरो आयुषले ए र कौशीलाले सि ग्रेट ल्याइन ।

मध्यपुर थिमिकी रञ्जना गुरुङ ३५ वर्षलाई पढाई लेखाई राम्रो निकै समस्या भयो । बैंक तथा अन्य ठाउँ हस्ताक्षर गर्दा समेत हात काम्ने हुन्थ्यो । आफ्नो विगत सुनाउदैं उनले भनिन् ‘मलाई आफु निकै कमजोर लाग्थ्यो, जतिबेला म राम्रोसंग लेख्न सक्दिन थे’ । पूनः उनले थपिन् ‘मलाई पढ्ने रहर भएपनि ठाउँ थाहा थिएन् । दिदिको छोराले भनेपछि यहाँ आए’ । वि.स २०६५ सालबाट विद्यालय सुरु गरेको हालसम्म छैठौं व्याचले एसइइ दिइ सकेका छन् ।
वि.स २०७४ सालको एसईइ परिक्षामा यो विद्यालयबाट १८ समेल भएका थिए ।

जसमा कौशिका बाहोरा, तुल्सीमाया श्रेष्ठ, रञ्जना गुरुङ, निर्मला आर्चाय, शर्मिला दाहाल, गिता आलेमगर, सुस्मिता राई, बिमला तामाङ, कृतिका पोखरले, मन्जु तामाङ, मंगली माया रुम्बा, मिना तामाङ, मनुका घिमिरे, निरमाया ब्लोन, निशा पौडेल रमिता गुरुङ, सविनामाया तामाङ, तलकेश्वर ठाकुर र निरमाया तामाङ रहेका छन् । उनीहरु सबै ३० वर्षदेखि ६३ वर्ष उमेरसम्मका रहेका छन् ।

विद्यालय संचालनमा चुनौती
शिक्षाबाट बञ्चित महिलाहरुलाई शिक्षा दिने उद्देश्यले वि.स २०६४सालदेखि संचालित यो विद्यालयमा समस्या पनि छ । २०६५सालदेखि कक्षा संचालन भएपनि भाडाको घरमा विद्यालय चलिरहेको छ । विद्यालयकी निमित्त प्रार्चाय विणा देउजाको अनुसार हाल १४ जना शिक्षिकाहरु कार्यरत छन् । जसमा दुई जनामात्र सरकारी तलब लिने छन् । विद्यालयको संञ्चालनको लागि मध्यपुरथिमि नगरपालिकाले पनि वार्षिक रुपमा आर्थिक सहयोग गर्दै आएको छ ।
हाल विद्यालयले आभारभूतका विद्यार्थीसंग मासिक २ सय, ६ देखि ८ कक्षाकालाई ३ सय र ९ र १० कक्षाका विद्यार्थीहरुसंग मासिक ५ सय रुपैया लिनेगरेको निमित्त प्रार्चाय देउजाले जानकारी दिईन् । घरको काम सकेर छोराछोरीलाई विद्यायल पढाउदैं आफु पनि पढ्न आउनेहरु नै यहाँ आउने गरेका छन् । हाल सबै कक्षामा गरेर २ सय जना महिलाहरु विद्यालयमा अध्ययन गर्दैछन् ।