हत्या योजना बनेको भन्दै प्रधानमन्त्री लागि नयाँ सुरक्षा घेरा

227

असार १२,
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था कडा पारिएको छ । केही दिनअघि नक्सालवादी कार्यकर्ताको गिरफ्तारीको क्रममा उनको हत्या योजना बनाएको समाचार बाहिर आएलगत्तै प्रधानमन्त्री मोदीको सुरक्षा व्यवस्था कडा पारिएको हो । मंगलबार भारतीय गृह मन्त्रालयले प्रधानमन्त्री मोदीको सुरक्षाका लागि नयाँ निर्देशन जारी गरेको जनाइएको छ । गृह मन्त्रालयका अनुसार अब स्पेशल प्रोटेक्सन ग्रुप९एसपीजी०को अनुमति विना प्रधानमन्त्री मोदीलाई कसैले भेट्न पाउने छैन । एसपीजीको निर्देशनविना प्रधानमन्त्री मोदीलाई कुनै पनि मन्त्री वा सरकारी अधिकारीले समेत भेट्न नपाउने कडा नियम बनाइएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दिनअघि भारतको पुणेस्थित प्रहरीको एक टोलीले ५ जना नक्सालवादी कार्यकर्ताहरुलाई गिरफ्तार गरेको थियो । सो गिरफ्तारीमा परेका कार्यकर्ताहरुबाट भारतीय प्रहरीले प्रधानमन्त्री मोदीको पूर्वप्रधानमन्त्री राजिव गान्धीको शैलीमा हत्या योजना बनेको सुचना बाहिर ल्याएको थियो ।