सूर्यविनायक नगरपालिकाको बजेट ७६ करोड

114

असार १३,
भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिकाले तेस्रो नगरसभामा आर्थिक वर्ष २०७५/०७६को लागि बजेट पारित गरेको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै नरगप्रमुख बासुदेव थापाले नगरसभाबाट कुल बजेट ७६ करोड ४५ लाख २७ हजार रुपैयाको पारित भएको बताए । जसमा नेपाल सरकार अर्थ मन्त्रालयबाट प्राप्त वित्तीय समानीकरण अनुदान अन्र्तगत रु ४९ करोड २० लाख ६२ हजार रुपैयाँ रहेको छ ।

आन्तरिक आय र राजश्व बाँडफाडँ बाट प्राप्त आय २७ करोड २४ लाख ६२ हजार रहेको छ ।
जसमा पुँजीगततर्फ ३७ करोड २० लाख ८४ हजार रुपैयाँ विनियोजन गरिएको छ । चालूतर्फ ३९ करोड २४ लाख ४३ हजार विनियोजित गरिएको थापाले जानकारी दिएका छन् । उनको अनुसार चालू आर्थिक वर्षको भन्दा आगामी वर्षको बजेट ४३ प्रतिशतले वृद्धि भएको छ । नगरसभाले १ करोड देखी माथिका ११ वटा सडक आयोजनाहरु छनौट गरि ३० लाख भन्दा वढिका १० वटा आयोजना रकम बिनियोजित गरेको छ ।

५ लाख भन्दा घटिका आयोजनाहरु छनौट गर्न नपाउने नीतिका कारणसारै साना टुव्रmे आयोजनाहरुमा रकम बिनियोजित नगरेको नगरप्रमुख थापाले बताए । हाल विनियोजन भएका ठूला आयोजनाका रकमबाट सडकको कालोपत्रे वा ढलान गर्नुपर्ने प्रावधान समेत राखिएको छ । यी ठूला आयोजनाहरुको कार्यान्वयनबाट नगर भित्रका महत्वपूवर्ण सडकहरुको स्तर उन्नती भई आम नगरवासीहरुले सुविधा प्राप्त गर्ने नगरसभाले विश्वास लिएको छ । सूर्यविनायकमा कार्यान्वयनमा रहेका राष्ट्रिय प्राणी उद्यान, हनुमन्ते कोरीडोर निर्माण, नयाँ शहर निर्माण जस्ता गौरवका आयोजनाहरुलाई छिटो छरितो रुपमा सम्पन्न गर्न नगरपालिकाले सक्दो सहयोग र समन्वय गर्दे जाने विषयलाई नीति मार्फत सम्बोधन गरिएको थापाले जानकारी दिएका छन् ।