विश्वकप फुटबलमा रोचक घटना

200

असार १४,
विश्वकप फुटबलमा बुधबार दुई शक्तिसाली देश आ–आफ्ना प्रतिद्वन्द्वीविरुद्ध भिडे। जर्मनी एसियन राष्ट्र दक्षिण कोरियासँग अप्रत्यासित हारको पीडा भोग्दै बाहिरिंदा ब्राजिलले भने सर्वियालाई हराउँदै समूह विजेताको रुपमा नकआउटमा स्थान बनायो। जर्मनी हार्दा र ब्राजिलले जित्दा केही रोचक घटना भएका छन्।जर्मनी समूह चरणबाटै बाहिरिने चौंथो डिफेन्डिङ च्याम्पियन बन्यो। २००२ मा फ्रान्स, इटाली २०१०, स्पेन २०१४ र जर्मनी २०१८ रहेका छन्। जर्मनी विश्वकपको समूह चरणबाटै आउट भएको यो जम्मा दोस्रो अवसर हो। १९३८ मा पहिलो पटक समूह चरणबाट जर्मनी आउट भएको थियो। त्यसयताका ८० वर्ष जर्मनीले यस्तो खराब इतिहासको सामना गर्नुपरेको थिएन। जर्मनी विश्वकप फुटबलमा पहिलो पटक एसियन राष्ट्रसँग पराजित भयो। दक्षिण कोरियाले भने २०१० मा ग्रीसलाई २–० ले हराएयता पहिलो पटक गोल नखाई क्लीन जित निकाल्यो।