धान दिवसको अवसरमा युवा पुस्ताको हिलो मोह

360

असार १५
भक्तपुर । धान दिवसको अवसरमा आज देशैभरका विभिन्न स्थानमा धान रोपाइ कार्यक्रम चलिरहेको छ । पछिल्लो समय भने यो दिवसमा हिलो खेल्लमात्र भएपनि आजभोलीका युवा पुस्ता ले खेतको गहरोमा पाइला टेक्ने गरेका छन् । शुक्रबार भक्तपुरको बागेश्वरीमा आयोजित धान दिवसको अवसरमा आयोजित रोपाइँ कार्यक्रममा एकातिर रोपार महिलाहरु धान रोपिरहेका थिए । त्यही खेतमा युवा पुस्ता हिलो छयापाछाप गरेर रमाइलो गरिरहेका देखिन्थे ।