‘रोनाल्डोलाई रोक्नुभयो भने सरकार ढाल्नु के ठूलो कुरा भयो ?

101

असार १५,
एजेन्सी । इरानी दर्शकहरूलाई लक्षित एक टेलिभिजन कार्यक्रममा बोल्दै इजराली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानी जनताहरूलाई हालको इस्लामिक सरकार फाल्न आह्वान गरेका छन् । टेलिभिजन सम्बोधनमा नेतान्याहुले यदि इरानीहरूको राष्ट्रिय टिमले रोनाल्डोलाई रोक्न सक्छ भने त्यहाँका जनतालाई सरकार अपदस्थ गर्न कठिन नभएको बताए ।विश्वकपको समूह चरणको खेलमा इरानले बलियो प्रतिद्वन्द्वी पोर्चुगललाई १–१ को नतिजामा रोकेको थियो । यो नजिताबाट उत्साहित इरानीहरूको संवेदनालाई छुने गरी नेतान्याहुले सम्बोधन गरेका हुन् ।इरानी जनताप्रति प्रेम र ख्याल रहेको बताउँदै नेतान्याहुले आफ्नो राष्ट्रिय टिमले पोर्चुगलसँग देखाएको प्रदर्शनबाट सरकारविरुद्ध उभिन प्रेरणा खोज्न इरानीहरूलाई आह्वान गरेका छन् । “इरानी जनताहरू म तपाईंहरूलाई भनिरहेको छु । तपाईंहरूले खेल मैदानमा साहस प्रदर्शन गर्नुभयो र उस्तै साहस तपाईंहरूले इरानका सडकहरूमा देखाउनु भयो,” बेन्जामिन नेतान्याहुले भने– “के तपाईं रोनाल्डोलाई गोल गर्नबाट रोक्न सक्नुहुन्छ रु” भन्ने शीर्षकको भिडियोमा नेतान्याहुले यस्तो सम्बोधन गरेका हुन् । नेतान्याहुले भिडियोमा थप बोल्ने क्रममा विश्वकप हेर्न रसिया गएका इरानी समर्थकहरूले महसुस गरेको जस्तो स्वछन्दता खमेनी शासन उखेलेपछि देशमै महसुस गर्न सकिने बताए ।इरानमा सन् १९७९ मा भएको इस्लामिक क्रान्तिपछि सत्तामा पकड बनाएको इस्लामिक सरकारलाई इजरायलले आफ्नो परम शत्रु मान्दै आएको छ । इरान सरकारले पनि समय समयमा इजरायललाई नक्साबाटै नामेट हुने गरी नष्ट गरिदिने धम्की दिने गर्छ ।