हेलिकोप्टरको सहयोगमा जेलबाट डाँका फरार

234
सांकेतिक तस्विर

असार १७,
एजेन्सी । कुनै समय फ्रान्सको उच्च खोजीको सूचीमा रहेका तर पछिल्लो केही समय यता जेल सजाय भोगिरहेको कुख्यात चोरले हेलिकोप्टरको सहयोगमा जेलबाट आइतबार भागेको फ्रान्सेली अधिकारीले बताएका छन् ।
फ्रान्सको रिआउ शहरबाट केही मिनेट टाढा रहेको जेलमा रहेका ४६ वर्षीय रेडोइन फाइडलाई हेलिकोप्टरमा आएका केही शसस्त्र व्यक्तिहरूले उनलाई जेलबाट भगाएको यस घटनासँग निकट स्रोतले जनाएको छ ।
सन् २०१० मा यहाँ भएको सशस्त्र डकैतिको योजनाकार ठहर गर्दै यहाँको पुनरावेदन अदालतले २५ वर्षको जेल सजाय सुनाएपछि फाइडलाई जेलबाट भगाइएको हो । आठवर्ष पहिले भएको उक्त घटनामा एक महिला प्रहरीसमेतको ज्यान गएको थियो ।