गालामा टाउका आकारकै ट्युमरः उपचार गर्न आर्थिक अभाव

103

असार १८,
झापा । गालामा टाउकाको आकार जतिकै ठूलो ट्युमर एकजना पुरुष पैसाको अभाव हुदाँ उपचार गर्न नसकेकोमा दुःखित छन् ।
झापा मेचीनगर–८ खडियाबस्तीका ४६ वर्षीय भाणाकुमार खडिया । आर्थिक अभावका कारण उनले ट्यूमरको उपचार गराउन सकेका छैनन् । ज्याला मजदुरी गरेर खाने उनीसंग ट्यूमरको उपचार गराउन लाग्ने रकम नभएकाले ट्यूमर बोकेर हिड्न बाध्य छन् ।