बबई र नारायणीनदीमा बाढीले खतराको सूचक नाघ्यो

294

असार १८,
काठमाडौं । पश्चिम नेपालका ठूला नदीहरुमा जलस्तर बढ्दै गएकाले उच्च सतर्कता अपनाउन सरकारले अनुरोध गरेको छ । मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्व सूचनाका अनुसार नारायणी नदको रिउखोला बनकट्टा र बबई नदीको चेपाङ क्षेत्रमा पानीले खतराको सूचक पार गरेको छ । नारायणीमा खतराको सूचक बिन्दु ३ मिटर भए पनि सोमबार बिहान ११ बजेर ३५ मिनेटको रेकर्डअनुसार साढे ३ मिटर पुगिसकेको छ । यसैगरी बबईको चेपाङमा ५ मिटर ५० सेन्टिमिटर खतराको लेभल भए पनि ६ मिटर पुगिसकेको छ । कर्णाली, बबई, पश्चिम राप्ती, नारायणी लगायतका नदीहरुमा पनि बहाव बढ्ने क्रम जारी छ । विभागले सोमबार सूचना जारी गरेर मध्य रातदेखि बबई र पश्चिम राप्ती जलाधारका प्रायजसो स्थानमा भारी वर्षा भइरहेकाले तटिय र डुबान भइरहने क्षेत्रमा रहनेहरू उच्च सतर्कता साथ रहन अनुरोध छ ।’