नौ विद्यार्थी संगठनको तीन दिने शैक्षिक हड्ताल फिर्ता

99

असार १९,
काठमाडौं । नौ विद्यार्थी संगठनहरुले असार २०, २१ र २२ गर्ने भनेको तीनदिने शैक्षिक हड्ताल फिर्ता लिएका छन् । शिक्षा मन्त्रालयमा सोमबार अपराह्न साढे चार बजेदेखि सुरु भएको वार्ता राति करिब साढे ११ बजे हड्ताल फिर्ता लिने सहमति पछि टुंगिएको थियो । वार्तामा शिक्षा मन्त्रालयको तर्फबाट सहसचिव सूर्य प्रसाद गौतम, शिक्षा बिभागका महानिर्देशक बाबुराम पौडेल, प्याब्सनका कार्यवाहक अध्यक्ष अध्यक्ष डिके ढुंगाना, एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटालगायत सहभागी थिए ।