ब्राजिललाई बेल्जियमको चुनौती

122

असार २०,
विश्वकप फुटबलमा अन्तिम १६ का सबै खेल सकिएका छन्। मंगलबार राति इंग्ल्याण्ड र कोलम्बियाको खेल सकिएपछि विश्वकप २०१८ का प्री–क्वार्टर फाइनल चरण समाप्त भएको हो। अन्तिम प्री–क्वार्टरफाइलनमा इंग्ल्याण्डले पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले कोलम्बियालाई हरायो। त्यसअघि मंगलबार नै भएको अर्को खेलमा स्वीडेनले स्वीट्जरल्याण्डलाई १–० ले हराउँदै इंग्ल्याण्डसँगको भेट पक्का गर्‍यो। क्वार्टरफाइनल खेल शुक्रबार सुरु हुनेछ। पहिलो क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेको सामना गर्नेछ। विश्वकपमा दाबेदार मानिएका यी दुई टोलीमध्ये एक अन्तिम चारमा जानेछ भने अर्को टिम घर फर्किनेछ।