गुण्डा नाइकेलाई जेलभित्रै जिमखानाः

99

असार २०,
काठमाडौ । बिभिन्न प्रकारका अपराध गरेर जेल जिवन भुक्तान गरिरहेका गुन्डा नाइकेहरूजेल भित्रै ज्यान बनाउन ब्यस्त हुने गरेका छन्। गुन्डा नाइकेहरूमध्ये कसैले आफै जिम सामग्री किनेरै ज्यान बनाउदैछन् भने कुनै जेलभित्रबाटै उपलब्ध हुने सामग्रीले ज्यान बनाउने गरेको बिभिन्न कारागार स्रोतको भनाई छ। उनीहरूआफुलाई शक्तिशाली देखाउन नियमित जिम गर्ने गरेको कारागारका अन्य कैदी बन्दीको भनाई छ। नख्खु कारागारका एक कैदीले भने ‘डनहरुलाई पैसाको चिन्ता छैन, ज्यान बनाउन डाइट खान्छन, विहान बेलुका जिम गर्छन्, उनीहरुको लागि के जेल भन्नु,’। यसरी जेल भित्रै जिम गर्नेमा चर्तित गुन्डा नाइके देखि टोले गुन्डा समेत रहेका छन्। चर्चित डनहरुमा निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचन हत्याका मुख्य योजनाकार समिरमानसिंह बस्नेत देखि दिपक मनाङे, रमेश बाहुन रहेका छन्। समिरमानसिंह बस्नेत हाल ललितपुरको नख्खुकारागारमा जेल जिवन भुक्तान गर्दै छन्। गौचन हत्या अभियोगमा बस्नेतलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएका हुन् भने मनाङ्गे र लामा डिल्लीबजार कारागारमा जेल जिवन भुक्तान गरिरहेका छन्। त्यस्तै रमेश पौडेल रमेश बाहुन केन्द्रीय कारागार सुन्धानमा जेल जिवन भुक्तान गरिरहेका छन्। समिरमानसिंह बस्नेत