प्रेमी सँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या

193
सांकेतिक तस्विर

असार २२,
कैलाली । गोदावरी नगरपालिका–१० ओलानीकी २२ वर्षीया लक्ष्मी बडैलाले प्रेमी दीपक खत्रीसँग मिलेर श्रीमान् तेजबहादुर विष्टको हत्या गरिन्। वैशाख १६ गते कञ्चनपुरको पुनर्वास नगरपालिका–२ का २४ वर्षीय बिष्टसँग उनको मागी विवाह भएको थियो। प्रहरीको अनुसन्धानअनुसार विवाहपूर्व गोदावरी नगरपालिका– १२ खमौराका २४ वर्षीय दीपकसँग प्रेमसम्बन्ध थियो। यसैकारण बिहे भएको दुई महिना नपुग्दै प्रेमीसँग मिलेर उनले श्रीमानलाई भासु भीरबाट खसालेकी थिइन्। घटनाको पाँचौँ दिन असार १२ गते बिष्टको शव कैलालीको चुरे गाँउपालिका– ८ भासुभीरमा सडेको अवस्थामा फेला पर्‍यो। त्यसैदिन कञ्चनपुरको भीमदत्त नगरपालिका, ८ तिलाचौरका केशव कार्कीले श्रीमती सरस्वती कार्कीको हत्या गरे। ३७ वर्षीय केशवले ३६ वर्षीया सरस्वतीलाई खेतमा हतियारले हिर्काएर विभत्स हत्या गरे। सशस्त्र प्रहरीका हवल्दार कार्की श्रीमती हत्या अभियोगमा अहिले कारागारमा छन्। यी दुई घटना सेलाउन नपाउँदै बुधबार राति कैलालीको लम्की चुहा नगरपालिका ९ प्रतापुरमा धारिलो हतियार प्रहार गरी इन्द्र चौधरीले आफ्नै श्रीमती गर्भी चौधरीको हत्या गरे। बुधबार राति दुवैजनाले मदिरा सेवन गरेको र त्यसपछि विवाद हुँदा श्रीमतीको हत्या गरेको कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए। ‘हामीलाई उनले सडकमा लडेर ज्यान गएको बताएका थिएु, प्रहरी उपरीक्षक घिमिरेले भने, ुअनुसन्धानपछि उनैले हत्या गरेको खुल्न आएको छ।’ श्रीमतीको हत्या गर्न चौधरी प्रहरी नियन्त्रणमा छन्। सात जुनीसम्म सँगै बाच्ने र मर्ने कसम खाएका श्रीमान् श्रीमती एक अर्काको जीवन सिद्धाउन किन लागिपर्छन् तरु पारिवारिक द्वन्द्व, आर्थिक समस्या र आवेगले यस्ता घटना हुने गरेको जानकारहरूको भनाइ छ। बदलिँदो सामाजिक परिस्थिति, बढ्दो सामाजिक सञ्जालको प्रयोग लगायतका सामाजिक साँस्कृतिक र मनोवैज्ञानिक कारणले यस्ता घटना भइरहेको उनीहरू बताउँछन्। कैलाली बहुमुखी क्याम्पसमा मनोविज्ञान विषयमा सहप्राध्यापक डाक्टर राजेन्द्र शाहले भने, ‘परिवर्तनको नाममा पश्चिमा संस्कृतिको अन्ध अनुकरण र दण्डहीनताले यस्ता घटना बढिरहेका छन्।’ उनका अनुसार कतिपय घटना आवेगमा पनि हुने गरेको छ। दोषीलाई कानुनअनुसार दण्ड दिन सके घटनामा कमी ल्याउन सकिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्ली बिष्ट बताउँछन्। ‘आपराधिक गतिविधि बढिरहेको छु, उनले भने, यस्ता घटना निरुत्साहन गर्न हामी पनि लागि रहेका छौँ, तर सफल हुन सकेका छैनौँ।