बिजुलीको मूल्य बढाउने भारतको प्रस्ताव

342

असार २३,
काठमाडौं । नेपालमा आयात भइरहेको बिजुलीको मूल्य २० प्रतिशतसम्म बढाउन प्रस्ताव भारतले गरेको छ । नेपाल–भारत विद्युत आदान प्रदान समिति (पीइसी)को बैठकमा भारतले नेपाललाई बेच्ने बिजुलीको मूल्य बढाउन प्रस्ताव गरेको हो । तर, नेपाली टोलीले भारतीय प्रस्तावलाई अस्वीकार गरेको छ । नेपालले भारतबाट पिक समयमा झण्डै ४५० सय मेगावाट बिजुली आयात गरिरहेको छ । यसमध्ये करिब ३ सय मेगावाट बिजुली यही कमिटीले तोक्ने दररेटमा खरिद गरिन्छ । जसमा १३२ केभी प्रशारणलाइन (ढल्केबरबाट आउने बाहेक)बाट आउने बिजुलीको मूल्य ५.५० र ३२ केभीमा भारतयि ६ रुपैयाँ प्रतियुनिट पर्छ । हाल १३२, ३३ र ११ केभी प्रसारण लाइनबाट आयात गर्ने विद्युतको प्रतियुनिट मूल्य ८.८८ नेपाली रुपैयाँ , ९.६ रूपैयाँ र १०.३२ रूपैयाँ छ । नयाँ दिल्लीमा हालै सम्पन्न बैठकमा भारतले १५ देखि २० प्रतिशतसम्म मूल्य बढाउने प्रस्ताव गरेको छ । बैठकमा नेपाली टोलीको नेतृत्व गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने नयाँ दरमा बिजुली किन्न नसकिने जवाफ दिएका छन् ।