रामपुर क्याम्पसमा छ वर्षपछि पढाई शुरु

207

असार २३,
चितवन । त्रिभुवन विश्वविद्यालयले छ वर्षपछि रामपुर क्याम्पसमा पुनः पढाई शुरु गरेको छ । पश्चिम चितवनको रामपुरमा रहेको जग्गा र संरचना कृषि तथा वन विज्ञान विश्वविद्यालयलाई दिने निर्णय सरकारले गरेसंँगै रामपुरमा त्रिविको पढाई रोकिएको थियो ।
त्रिवि र एएफयुबीचको विवादका कारण बन्द भएको रामपुर क्याम्पस आज औपचारिकरुपमा पूर्वी चितवनको खैरहनी मावि परिसरमा शुरु गरिएको हो । सरकारले त्रिविलाई चैनपुरको भूतियास्थित कंकाली सामुदायिक वनमा जग्ग्गा दिने प्रक्रिया अघि बढेकाले जिल्लामा नै त्रिविको उत्कृष्ट कृषि क्याम्पस स्थापना हुने बताउनुभयो । उहांँले रामपुरमा त्रिविले पाउने ४० बिघा जग्गामा नमुना इन्जिनियरिङ क्याम्पस खोलिने बताउनुभयो । वि.सं २०२९ सालमा रामपुरमा त्रिविले कृषि क्याम्पस स्थापना गरेको थियो । एक वर्षे जेटिए, दुई वर्षे आइएससी एजी हँुदै विद्यावारिधिसम्मको पढाई हुने गरेको थियो ।