उत्कृष्ट दश गीत छनोट

289

असार २४,
काठमाडौँ । मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय गीत प्रतियोगितामा सहभागी भएकाहरुमध्येबाट पुरस्कारका लागि उत्कृष्ट १० गीत छनोट गरिएका छन् । गत वैशाख १५ देखि जेठ १५ गतेसम्म सार्वजनिक सूचना गरी गीत आह्वान गरिएकामा प्रतियोगितामा समाविष्ट २०० गीतमध्येबाट निर्णायक समितिले १० गीत छनोट गरेको हो ।

उत्कृष्ट १० मा परेका गीतकारहरुमा गणेश रसिक (इलाम), रमेश शुभेच्छु (पाँचथर), डा कमल थापा (काठमाडौँ), गोपाल दाहाल (सुनसरी), तुलाधर विश्वकर्मा (बाँके), सौरभ सुनुवार (काठमाडौँ), जितेन्द्र खाती (दोलखा), अम्सुला कार्की (ओखलढुंगा)
, रवीन्द्र बुढाथोकी (काठमाडौँ) र देवेन्द्र अर्याल (काठमाडौँ) हुनुहुन्छ । निर्णायक समितिमा श्याम तमोट संयोजक तथा शक्ति बल्लभ र मधु गुरुङ सदस्य रहनुभएको थियो ।

छनोटमा परेको ती गीतकारलाई २०५औँ भानुजयन्तीका अवसरमा प्रतिष्ठानले यही असार २९ गतेदेखि आयोजना गर्ने त्रिदिवसीय हिमवत्खण्ड कला साहित्य सम्मिलनमा पुरस्कृत गरिने प्रतिष्ठानका महासचिव डा देवी नेपालले जानकारी दिनुभयो । ती गीतको रेकर्डसमेत गरिने बताइएको छ ।