नेपालमा फड्को मार्दै तरकारीखेती

723

असार २४,
ललितपुर । एक दशकयता देशभरमा व्यावसायिक तरकारीखेतीले निकै फड्को मारेको छ । तरकारीखेतीमा आधुनिक प्रविधिको व्यापक प्रयोग र धेरै प्रकारका तरकारीमा देश आत्मनिर्भर बन्दै जाँदा तरकारीखेतीमा निकै प्रगति भएको पाइएको नेपाल कृषि अनुसन्धान परिषद् ९नार्क० अन्तर्गतको तरकारी विकास निर्देशनालयले जनाएको छ । तरकारीखेतीमा पढेर, बुझेर र प्रविधिको ज्ञान भएका युवा आउने क्रम बढिरहँदा तरकारीखेतीमा विकास पाइएको निर्देशनालयमा कार्यरत वरिष्ठ तरकारी विकास अधिकृत खेमराज जोशीले बताउनुभयो । ठूलो क्षेत्रफलमा र ठूलो लगानीमा तरकारीखेती गर्ने किसानको संख्या बढिरहेको छ । उहाँले भन्नुभयो “नेपाल धेरैखालका तरकारीमा आत्मनिर्भरसमेत बन्दैछ ।”

एक दशक पहिलेसम्म पनि अरुले गरेको देखासिकी गर्ने किसान धेरै थिए । अहिले शिक्षित र तालीम प्राप्त किसानको वर्चस्व वर्षैनी बढ्दैछ । अधिकृत जोशीका अनुसार नयाँ पुस्ताले तरकारीखेतीमा प्रविधिको प्रयोग बढाएका छन् र उत्पादन पनि ह्वात्तै बढेको छ । एक दशकयता थोपा सिँचाइ, प्लाष्टिक पोखरी, कौसीखेती र कतिपय युवाले हावामा गरिने खेतीसमेत थालेका छन् ।