विदुषी योगमाया विश्वविद्यालय स्थापना हुने

144

असार २४,
काठमाडौँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले विदुषी योगमाया विश्वविद्यालय स्थापनाका लागि कानूनी प्रबन्ध भइरहेको बताउनुभएको छ । राष्ट्रिय सभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै मन्त्री तामाङले सो जानकारी दिनुभएको हो ।

मन्त्रिपरिषद्को केही दिनअघिको बैठकले सो विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको थियो । मन्त्री तामाङले असोज ३ भित्रै मौलिक हकसम्बन्धी कानून ल्याइसक्ने भन्दै त्यसका लागि तयारी भइरहेको उल्लेख गर्नुभयो । मन्त्री तामाङले महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका नागरिकलाई कानूनी सहायता दिने गरी कानूनी व्यवस्था गरिएको बताउनुभयो । उहाँले न्यायालयलाई स्वच्छ र पारदर्शिता बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।