सिरियामा १७ लडाकू मारिए

177

असार २७,
रासस/एएफपी । टर्कीको अर्धसैनिक समूहको आक्रमणमा परी सिरियाको एक नगरमा कम्तीमा १७ जना लडाकू मारिएको समाचारमा जनाइएको छ । टर्कीसँगको सिरियाको सीमा क्षेत्रमा पर्ने नागुर भन्ने नगरमा सोमबार राति भएको कारबाहीमा परी उनीहरू मारिएको टर्कीस मानवअधिकार अनुगमनकर्ताहरूले जनाएका छन् । “ती लडाकूहरू रहेको ठाउँलाई लक्षितगरी आक्रमण भएको थियो, आक्रमणमा परी कम्तीमा १७ जना मारिएका छन् भने अरू १२ जना घाइते भएका छन्,” एकजना इराकी अधिकारीले बताएका छन् ।