विश्वकपः इङ्ल्याण्ड र क्रोएसिया बीच खेल हुदैं

115

असार २७,
काठमाडौं । विश्वकप फुटबलको दोस्रो सेमिफाईनलमा आज इङ्ल्याण्ड र क्रोएसिया भिड्दै छन् । रुसको लुजनिकी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने १२ बजे सुरु हुनेछ । विजेता टोलीले उपाधि लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।
इङ्ल्याण्डले स्विडेनलाई २–० ले पराजित गरेको सेमिफाईनलमा पुगेको थियो । क्रोएसियाले आयोजक रसियालाई टाईब्रेकरमा हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो । दुवै टोली यसअघि ८ पटक भिडेका छन् । जसमा चार पटक इङ्ल्याण्ड विजयी भएको छ । क्रोएसियाले २ खेल जितेको छ । दुई खेल गोल रहित बराबरीमा सकिएको छ ।