कञ्चनपुरको पुनर्वासमा एनआईसी एशिया बैंकको नयाँ शाखा

160

कञ्चनपुर । एन आई सी एशिया बैंकले कञ्चनपुरको पुनर्वासमा नयाँ शाखा विस्तार गरेको छ । पुनर्वास शाखाको एक कार्यक्रमकाबीच पुनर्वास नगरपालिकाका मेयर जिवन राज थापाले उद्घाटन गरे । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।योसँगै बैंकको शाखा संख्या २२६ पुगेको छ भने २१८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं ११ वटा शाखारहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।