कैलाश विकास बैंकको नयाँ शाखा रुपन्देहीको भलबारीमा

163

रुपन्देही । कैलाश विकास बंैक लिमिटेडले आषाढ २७ गतबाट रुपन्देहीको भलबारीमा आफ्नो ५४ औँ शाखा स्थापना गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक भैरहवाका मुख्य व्यवस्थापक अशोक पौडेलले गरे । उक्त शाखाबाट सम्पूर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरु उपलब्ध हुने बैंकले जनाएको छ । नयाँ शाखा सहित बैंकको शाखा संख्या ५४ पुगेको छ भने एटीएम संख्या २५ पुगेको छ । बैंकले निकट भविष्यमा धनुषा जिल्लाको जनकपुर, ओखलढुङ्गा जिल्लाको मानेभञ्ज्याङ्ग नवलपरासी जिल्लाको कावासोती र वर्दघाट तथा अन्य विभिन्न ठांउहरुमा शाखा संचालन गर्ने तयारी गरिरहेको जनाएको छ ।