केआई नेपालद्धारा छ महिनामा करिब ४ सयको उद्धार

104

-सबिता अधिकारी
असार २९,
काठमाडौं । विगत १० वर्षदेखि देशको विभिन्न सीमानाका लगायत भारतको नयाँ दिल्ली र अन्य तेस्रो मुलुबाट समेत प्रभावितहरुको उद्धार गर्दै आएको गैरसरकारी संस्था केआई नेपालले करिब ४ सय जनाको उद्धार गरेको छ ।
६ महिनाको अवधिमा ८ हजार २सय ८१ जनालाई सूचना सम्प्रेषण तथा परामर्श प्रदान गरेको एवं ३ सय ८९ जना महिला तथा बालबालिकाहरुको उद्वार गरेको संस्थाले जानकारी दिएको हो ।

विभिन्न सीमानाकाबाट उद्वार गरिएका ३सय ६१ महिला तथा किशोरीलाई परिवारमा पुनर्मिलन समेत गरेको छ ।
संस्थाले सुरक्षित आवास गृहमा राखि २८ जना महिला तथा किशोरीलाई सीप विकास तालिम यही ६ महिनाको अवधिमा प्रदान गरेको समेत संस्थापक अध्यक्ष सम्झना सापकोटाले बताइन् ।

कार्यक्रम निर्देशक इन्द्रराज भट्टराईका अनुसार स्वदेश फिर्ती, सुरक्षित आवास सेवा र सीप विकास तालिम प्रदान गरी परिवारमा पुनर्मिलन गराउने र व्यवसाय संचालनमा मद्दत गरी आत्मनिर्भर बनाउन सहयोग गर्दै आएको छ ।
उनले भने ‘संस्थाले समुदायमा सचेतनामुलक कार्यक्रम समेत संचालन गर्दै आइरहेको छ ।’
मानव बेचबिखन विरुद्धको राष्ट्रिय समिति सदस्य, हाम्रो सोच हाम्रो भविष्य, न्यु दिल्ली भारतले वर्षको उत्कृष्ट सामाजिक संस्था र Cripps Courage Award-2018,, एटलान्टा, अमेरिकाद्वारा मानव बेचविखन प्रभावितको दिगो व्यवस्थापनमा उत्कृष्ट सामाजिक संस्था भएकोमा के.आई. नेपालले सम्मान समेत प्राप्त गरेको छ ।