संसद अवरुद्ध गरेकामा प्रधानमन्त्री आक्रोशित

173

असार ३०,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्लो समय संघीय संसद अवरुद्ध गरेकामा प्रधानमन्त्री केपी शर्मा ओली आक्रोशित भएका छन्। उनले उक्त आक्रोश प्रदेश ३ बाट संघीय संसदमा निर्वाचित सांसदहरूसँगको छलफलका क्रममा पोखेका हुन्। प्रत्येक प्रदेशबाट निर्वचित भएर आएका संघीय संसदका सांसदहरूसँगको नियमित छलफलका क्रममा शुक्रबार प्रदेश ३ का सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले कांग्रेसले पछिल्लो समय डा। गोविन्द केसीको जीवनरक्षा र राष्ट्रिय चिकित्सा शिक्षा विधेयकका विषयमा प्रतिनिधिसभा अवरुद्ध गरेपछि आक्रोश व्यक्त गरेका हुन्। प्रधानमन्त्री ओलीले अब केही सांसद उभिएकै भरमा संसद अवरुद्ध नहुने बताएका हुन्। संसदको नियमावलीमा सांसदहरू आफ्नो सिटमा नबसेमा अवरुद्ध भएको मानिने र संसदको कारबाही अगाडि नबढ्ने उल्लेख छ। ओलीले भने, ुएउटा निहुँ झिकेर दुईजना सांसद ठिंग उभिँदा संसदका सबै गतिविधि अवरुद्ध हुने हुनु हुँदैन। उनले थपे, नेपाली कांग्रेसले झिना मसिना कुरा झिक्ने अनि दुईजना सांसद ठिंग उभिने। अनि संसदको कारबाही अवरुद्ध हुने। अब यस्तो हुँदैन। दुईचार जना मान्छेले गलत नियतले उभिँदा संसद रोकिदैन।