बाइस हजार बिरूवा वितरण

102

असार ३१,
इलाम । स्थानीय फाकफोकथुम गाउँपालिकाका सात वटा वडामा जिल्ला कृषि कार्यालयको शाखाले २२ हजार थान अलैँची, कागती र सुन्तलाका बिरूवा वितरण गरेको छ । उक्त शाखाले एक÷एक हजार सुन्तला र कागती, २० हजार अलैँचीका बिरूवा वितरण गरेको कृषि प्राविधिक कुशेश्वर यादवले बताउनुभयो । कृषिले यहाँका चार वटा सहकारी संस्थालाई ५० प्रतिशत अनुदानमा मिनिपावर ट्रिलर पनि वितरण गरेको छ । कुवापानी कृषि सहकारी, जोरधारा कृषि सहकारी, दोकानडाँडा कृषि सहकारी संस्थालाई खेतबारी जोत्नका लागि अनुदानमा मिनि ट्रिलर वितरण गरिएको उहाँले जानकारी दिनुभयो । यसैगरी तरकारी खेतीका लागि पाँच वटा प्लास्टिक पोखरीसमेत वितरण गरिएको छ ।