पहिरो पीडित परिवारलाई चाँगुनारायण नगरपालिकाको सहयोग

366

असार ३१,
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकामा यहिँ असार २८ गते पहिरो जादाँ मृत्यु भएका परिवारलाई नगरपालिकाले आर्थिक सहयोग गरेको छ । उक्त घटनामा एक परिवारका तीन जनाको मृत्यु भएको थियो ।
नगरपालिकाको वडा नम्बर ७ बागेश्वरी मजुवामा पहिरोमा परेर हिरा लामा ७० वर्ष, ६५ वर्षकी पानमाया लामा र २ वर्ष ६ महिनाकी बालिका सम्पदा लामाको मृत्यु भएको हो । आइतबार नगरप्रमुख सोम प्रसाद मिश्रले जनही ५० हजारका दरले १ लाख ५० हजारको चेक मृतक परिवारका सदस्य बुद्ध लामालाई प्रदान गरेका हुन् ।