‘इन्गेजमेन्ट’ त भयो, अब विवाह कहिले ?

132

असार ३२,
काठमाडौं । नेपाली फिल्मकी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज प्रेममा थिए । जसलाई आधिकारिता दिएका छन्, इन्गेजमेन्ट गरेर । पछिल्लो पुस्ता विशेषगरी कलाकारहरु ‘लिभ इन टुगेदर’मै बढी रमाउन चाहन्छन् । तर, ‘फेमिलियर’ प्रेम रोमान्समा रहेका प्रियंका र देशराजले औंठी साटेर समाज र आफ्ना सहकर्मीलाई ‘हामी अर्जिनल जोडी’ भन्ने देखाएका छन् ।
शनिबार यी चर्चित प्रेमजोडीले ‘इन्गेजमेन्ट’ गरेपछि फिल्मी अनलाइनहरुले ‘ब्रेकिङ’ र ‘एस्क्लुसिभ’ भन्दै गसिप पोस्ट गरे । तर, भन्नै पर्दा प्रियंका र देशराजको त्यो इन्गेजमेन्ट न ब्रेकिङ थियो, न त एस्क्लुसिभ नै । केही महिना अघि नै उनीहरुले दरबारमार्गको एक क्याफेमा विवाह गर्ने औपचारिक घोषणा गरेका थिए ।

प्रियंका पछिल्लो समयकी चर्चित अभिनेत्री हुन् भने देशराजलाई पनि दर्शकले रुचाएका अभिनेतमा पर्छन् । तर, यी जोडीको प्रेम यस्तो थियो कि त्यो घामभन्दा छर्लङ्गै थियो । अर्को कुरा उनीहरु फुर्सदमै सधै सँगै हुन्थे र अब त हुने नै भए । शनिबार उनीहरु ‘इन्गेजमेन्ट’को नाममा फरक यति मात्र गरे, जब उनीहरुको निधारमा रातो टिका पोत्दै आफन्तले आर्शिवाद दिए, ‘तिमीहरु कहिल्यै नछुट्नु, खुसी हुनु, सुखी हुनु ।’

तर, प्रियका र देशराजलाई उनीहरुका सहकर्मी तथा समकक्षीहरुले भने आर्शिवाद दिन पाएनन् किनकि उनीहरुले सुटुक्कै इन्गेजमेन्ट गरे । जहाँ कोही फिल्मकर्मी बोलाइएन । यो प्रियंकाको दोस्रो विवाह हो भने देशराजको पहिलो । त्यसैले पनि आर्शिवाद दिनेहरुले उनीहरुका आफन्तले भने, ‘एक अर्कालाई धोका नदिनु है ।’ इन्गेजमेन्टमा नबोल्याइएका कलाकारले भने चित्त बुझाउँदै ‘विवाह त बोलाउनन् नि’ भन्नै उनीहरुको विवाहको मिति कुदै बसका छन् । तर, विवाह कहिले गर्ने हुन् त प्रियंका र देशराजले त्यो भने ‘एस्क्लुसिभ’ नै बन्ला । – समाचारपत्रबाट साभार