काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्छः नेता गच्छदार

127

असार ३२,
सुनसरी । नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले काँग्रेसले लोकतान्त्रिक पद्धतिलाई सम्मान गर्दै प्रतिपक्षमा रहेर पनि सरकारलाई रचनात्मक सहयोग गर्न तयार रहेको बताउनुभएको छ ।
सुनसरीको बर्जु गाउँपालिकाको आइतबार बजेट नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजित कार्यक्रममा नेता गच्छदारले काँग्रेस नेतृत्वको सरकारले तीनै तहको चुनाव सम्पन्न गरेर लोकतान्त्रिक अभ्यासको प्रत्याभूति दिलाएको छ भन्नुभयो ।
उहाँले सरकार अधिनायकवादतर्फ उन्मुख रहेको भन्दै संवैधानिक निकाय, प्रेस स्वतन्त्रता र न्यायपालिकामा समेत हस्तक्षेप गरेको आरोप लगाउनुभयो ।
उहाँले फरक प्रसंगमा मुलुकमा धेरै पार्टी नरहने दाबी गर्नुहुँदै नेकपा र नेपाली काँग्रेस मात्र रहने जिकिर गर्नुभयो । उहाँले सुनसरीको विकास निर्माणमा आफ्नो सबैभन्दा ठूलो योगदान रहेको दाबी गर्नुभयो । कार्यक्रममा बर्जू गाउँपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि रु ३६ करोड, ६६ लाख, १४ हजार बराबरको बजेट सार्वजनिक गरेको थियो । गाउँपालिकाका अध्यक्ष राघुनन्दन चौधरीले कृषि, वन, पर्यटन, शिक्षा, स्वास्थ्य, वातावरणलगायतका शीर्षकमा विनियोजित बजेट सार्वजनिक गर्नुभयो ।