पदमार्ग निर्माण

104

असार ३२,
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीदेखि प्रस्तावित रामायण उद्यान निर्माणस्थल आँपरुख जोड्ने पदमार्ग निर्माण भएको छ ।
बेनी नगरपालिका र पर्यटन विभागको सहयोगमा स्थानीयवासीको अगुवाइमा पर्यटकीय गन्तव्यको विकास गर्ने उद्देश्यले एक किलोमिटरभन्दा बढी लामो पदमार्ग निर्माण भएको हो । पर्यटन विभागको रु २८ लाख ५० हजार सहयोगमा ८०० मिटर पक्की सिँढीसहितको पदमार्ग निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष अमर बानियाँले बताउनुभयो । यसै वर्ष बेनी नगरपालिकाको रु चार लाख सहयोगमा थप ११८ मिटर पदमार्ग निर्माण भएको छ ।

गत वर्ष नगरपालिकामार्फत ७५ मिटर पदमार्ग निर्माण भएको थियो । अर्थुङ्गे, पछै, जगन्नाथ, टोड्के मालिका धुरीदेखि बिम मराङ हँुदै धौलागिरि हिमालको आधार शिविरसम्म जोड्ने वैकल्पिक पदमार्गका रुपमा विकास गर्ने लक्ष्य रहेको उपभोक्ता समितिका अध्यक्ष बानियाँले बताउनुभयो ।