डा केसीको जीवन रक्षाको माग गर्दै नेवि संघ

227

साउन १,
काठमाडौँ । नेपाल विद्यार्थी संघले डा गोविन्द केसीको जीवन रक्षाको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेवि संघले माथेमा प्रतिवेदन लागू गरेर डा केसीले राखेको माग पूरा गर्न माग गर्दै आज माइतीघरदेखि नयाँ बानेश्वरसम्म ¥यालीसमेत निकालेको छ । नेवि संघका अध्यक्ष नैनसिंह महरले सरकारले नागरिकको अधिकार खोसेकाले त्यसको विरुद्धमा नेवि संघले विरोध प्रदर्शन गरेको बताउनुभयो । नेवि संघले विभिन्न माग राखेर बानेश्वरको निषेधित क्षेत्र तोड्न खोजेपछि नेवि संघका नेता तथा कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो । झडपमा परी १० भन्दा बढी नेता तथा कार्यकर्ता घाइतेसमेत भएका छन् ।
यसैबीच नयाँ शक्ति नेपालले समेत विभिन्न माग राखी माइतीघरमा विरोध प्रदर्शन गरेको छ । वैशाख १ बाट आर्थिक वर्षको शुरुआत गरिनुपर्ने, असारे विकास बन्द गरिनुपर्ने, निषेधाज्ञा खारेज गर्नुपर्ने, सम्पदा र संस्कृति जोगाउनुपर्ने, मौलिक अधिकारको सुनिश्चितता गर्नुपर्नेलगायत माग राखेर विरोध प्रदर्शन गरेको हो ।