आफ्नो जिवन साथीलाई सोध्नु भएको छः यौनमा सन्तुष्ट हो भनेर ?

509
सांकेतिक तस्विर

स्वास्थ्यः यौन जिवनको एउटा महत्वपूर्ण पाटो हो । तर नेपाली समाजमा लुकेर अश्लिल गतिविधि गर्ने धेरै छन् । तर खुलेर यौनको कुरा समाजमा गर्ने त के श्रीमान श्रीमतीसग यौनको विषयमा कुरा गर्ने मानिस भेट्न गाह्रो छ ।
त्यसैले पछिल्लो समय यौन अपराध बढ्दै जान थालेको छ ।खाना कस्तो छ ? तरकारी कस्तो छ ? फिल्म कस्तो छ ? वा यो लुगा कस्तो छ भनेर सोध्ने हामी महिला वा पुरुष जो भएपनि आफ्नो जिवन साथीलाई सोधनु भएको छ ? म संग यौनमा खुसी हो वा होइन भनेर । नभए यसको समाधान दुईजना तपाइहरु मिलरे गर्न सक्नु हुन्छ । तर लुकाएर चाहिँ झन् विकराल रुप लिन सक्छ । ध्यान दिनुहोस् ।

यस्ता छन्ः यौन आनन्द लिने वैकल्पिक उपायहरु

हस्तमैथुन- यौन आनन्द दिने हस्तमैथुन एक राम्रो वैकल्पिक उपाय हुन सक्छ । त्यसैले होला कतिले त यसलाई वरदानको रुपमा पनि लिने गर्दछ । आफ्नो यौनाङ्ग आफैले चलाएर यौनानन्द लिने यौन क्रियाकलाप नै हस्तमैथुन हो । यस क्रममा कतिपयले त यौन चरमसुख समेत सजिलै प्राप्त गर्ने गर्दछन् । पुरुषको तुलनामा कम महिलाले हस्तमैथुनको माध्यमबाट यौन चरमसुख लिने गरेको भए पनि उनीहरुको लागि हस्तमैथुनको थालनी आफ्नो यौन शरीरबारे जानकारी पाउने र आनन्द लिने कार्यको राम्रो सुरुआत हुन सक्छ । हस्तमैथुनको बारेमा कतिपय व्यक्तिमा गलत धारणा हुने भए पनि यसले हानी नगर्ने कुरामा त पक्का भई संलग्न भए आनन्द बढी हुन्छ ।

यौन परिकल्पना- यौन आनन्द लिने यो विशेष क्रियाकलाप हो । यौनका धेरै कुरा मस्तिष्कबाट नै शुरु हुन्छ । जानियो भने परिकल्पनाको प्रयोगले अन्य यौन क्रियाकलापलाई बढी उत्तेजित बनाउन एकदमै सहयोग गर्छ । कसैको सहायता विना एक्लै गर्न सकिने यस्ता परिकल्पना कल्पनाको संसारमा उन्मुख भएर विचरण गर्ने मौका दिन्छ । योनी, लिंग, मैथुनमा यो सहयोगी हुने कुरा एकातिर छ भने अर्कोतिर यौन अंग प्रवेश नगराई गरिने यौन क्रियाकलापमा वा बाहृय यौन सम्पर्कमा पक्कैनै धेरै सहयोगी हुने गर्दछ ।

सांकेतिक तस्विर

चुम्बन- चुम्बन आफै नै एक विशेष अर्थ बोकेको यौन क्रियाकलाप हो । ओंठ वा अधर आफैमा यौन संवेदनशील अंग हो र यसको स्पर्शले यौन उत्तेजना त दिन्छ नै, तर यो यौन आनन्द मात्र दिने क्रियाकलाप नभई माया र स्नेह प्रदर्शन गर्ने क्रियाकलाप पनि भएकाले यसको सम्झना मात्रै पनि आफैमा रोमान्चक हुने गर्दछ । अधरको चुम्बन प्रमुख कुरा हो र यसका अनेक रुप छन् ।

सुम्सुम्याउनु- एक अर्कालाई सुम्सुम्याउनु स्नेह प्रदर्शन गर्ने तरिका हुँदाहुँदै पनि यो यौन आनन्ददायक हुन सक्छ । कपाल, स्तन तथा स्तनको मुन्टो, तिघ्रा यौनाङ्ग वा अन्य यौन संवेदनशील अग सुम्सुम्याउनु सकिन्छ । त्यसैगरी एक अर्काको यौन संवेदनशील अंगको मालिस गर्नु वा एक अर्कालाई काउकुती लगाउनु पनि वैकल्पिक आनन्द दिने उपाय हुन सक्छन् ।