कविताः मेरो प्रेम

363
लेखकः राजकुमार लामिछाने

-राजकुमार लामिछाने ‘प्रिन्स’,

तिम्रो मन भित्र छ छैन थाह छैन
तर हामीले प्रेमपुर्वक साना साना इच्क्षाहरुले
यो मनमा बनाएको त्यो पिरतीको घरमा
म अझै चियाएर हेर्छु
तिमीलाई कतै देख्छु कि भनि
कोमल भावहरुले कोरेका ति पिरतीको बाटोमा
हाम्रा केहि साझा लक्ष्यहरु सहितको
साझा चौतारी बनाएका थियौ
म त्यहाँ अझै पनि पुग्छु
तिमीलाई भेटछु कि भनि ।

सुनको संसार त हामीले कल्पना गरेका थिएनौ
तर तिमी र म हामी भएर
जुन सुनौलो संसार बनाउने सपना देखेका थियौ
अझै पनि म निदाउने कोसिश गर्छु
कतै त्यहि सपना आउछ कि भनि ।

अहिले पनि म हेर्छु नजिकैबाट तिमीलाई
त्यो तिम्रो मुस्कान, आँखाको छनक
मुहारको चमक
अनि महसुश गर्न खोज्छु तिमि यहि छौ
तर त्यो तस्विर बोल्दैन
त्यहि जलाउन नसकेको तिम्रो त्यो तस्वीरलाई
अंगाल्ने गर्छु
त्यहि आत्मीयता पाउछु कि भनि
आजकाल उम आजकाल ।

यस्तै छ मेरो हाल
उ हासेको देख्छु खुशी छ छैन थाहा छैन
सुनको संसार पनि छ उसंग सुनौलो संसार छ छैन थाहा छैन
मसंग त छ केवल याद
तर त्यो फगत याद
फगत फगत फगत मनोउन्माद
मेरो प्रेम हाय रे मेरो प्रेम
कतै कबिता
कतै कथा बनेर बाडिएको छ
अनि मेरो मन भित्र
नमिठो पिडा बनेर गाडिएको छ । ।
                                                                      तेलकोट, भक्तपुर ।