पहिरोले पाँच घर बगायो, पाँच जना बेपत्ता

439
फाइल तस्बिर

साउन २,

पर्वत- पर्वतको जलजला गाउँपालिका– ८ मा पहिरोले क्षति पुर्‍याएको छ । पहिरोले पाँच घर बगाएको छ भने करिब पाँच जना सम्पर्कविहीन भएको बुझिएको छ । प्रहरीका अनुसार राति १ बजेको समयमा लस्ती बेर्नेटा वनबाट आएको पहिरोले बम बहादुर परियारको घर बगाउँदा उनका छोरा विकास परियार बेपत्ता भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक रवीनन्द्रकुमार श्रेष्ठले पहिरोले घर बगाउनुका साथै केही मानिस सम्पर्कविहीन भएको जानकारी दिए । ‘पहिरो पन्छाउँदै हामी घटनास्थल पुगीरहेका छौं’ उनले भने,‘विस्तृत विवरण केहीबेरमा आउँला ।’ विस्तृत विवरण आउन बाँकी रहेको छ ।

त्यस्तै पहिरोले जलजला गाउपालिका –७ धाईरिङ बास्कोटका भीमलाल आचार्यको घर भत्किदाँ आचार्य सहित ६ जना घाइते भएका छन् । घाइतेहरूको ढाड भाचिएको, टाउको फुटेको अवस्थामा रहको प्रहरीले जनाएको छ । त्यस्तै पहिरोले ६ वटा पशु चौपाया समेत बगाएको प्रहरीले जानकारी दिएको छ ।