तौथली आधारभुत विद्यालयमा बालमैत्री कक्ष निर्माण

303

साउन ३,
भक्तपुर । चाँगुनारायण नगरपालिकाको वडा नम्बर ६ रहेको तौथली आधारभुत बिद्यालयमा बालमैत्री कक्षाकोठा तथा खेलमैदान निर्माण भएको छ । नेपाल मेगा कलेजको सहयोगमा नगरकोटको गौरीगाँउ रहेको तौथली आधारभुत बिद्यालयमा काक्षाकोठा र खेलमैदान निर्माण गरिदिएको हो । कलेज काठमाडौका ३७ जना बिद्याथीहरुको समुहले करिब ६ लाख ३० हजार खर्च गरि स्कुललाई बालमैत्री कोठा र खेलमैदान बनाई दिएका छन् । बिद्यार्थीहरुबाट २ लाख ३० हजार अरु बाकी दातृसस्थाहरुबाट सहयोग गरिएको कलेजका विद्यार्थीहरुले बताए ।

बिए समाजशास्त्र तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थीहरुलो १८ दिन लगाएर सो काम सम्पन्न गरेका हुन् । स्कुल प्राङगणमा एक कार्यक्रम गरि सो बिद्यार्थीहरुलाई स्कुलले बिदाई गरेको छ । वडा नं ६का वडाअध्यक्ष सन्त बहादुर वाईवा को मुख्य अतिथिमा सभापतित्व सुमार सिं तामाङ बिदाई कार्यक्रम सम्पन्न भएको हो ।