युक्रेनको सैन्य सुधारका लागि अमेरिकी सहयोग

202

साउन ५,
वासिङ्टन । (एजेन्सी) /युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ ।
सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ । अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो । युक्रेनी सेनाको क्षमता अभिबृद्धि गर्ने, सैन्य उपकरणहरु खरिद गर्ने तथा सेनालाई तालिम दिने जस्ता कार्यमा उक्त रकम प्रयोग गरिने पेन्टागनले जनाएको छ । पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा विशेषगरी यक्रेनको सेनाको आफ्नो प्रतिरक्षात्मक क्षमता अभिबृद्धिका काममा सो रकम सदुपयोग गरिने छ भनेको छ ।