साइबर अपराध ब्यूरो बन्दैछ

115

साउन ७,
साइबर अपराध र मानव बेचबिखन तथा ओसारपसार अर्थात् ह्युमन ट्राफिकिङका घटना अनुसन्धान गर्न नेपाल प्रहरीमा बेग्लै ब्यूरो बन्दैछ । साइबर क्राइम व्यूरो सीसीबी र ह्यूमन ट्राफिकिङ व्यूरो एचटीबी गठन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार, दुवै व्यूरो केही साताभित्रै गठन हुनेछन् ।संसारका कुनै पनि कुनाबाट अपराध हुनसक्छ । दुवै व्युरोले अनुसन्धानको दायरा विश्वभर पुर्याउन सक्नेछन् । प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले भने — सरकारले स्वीकृति दिईसक्यो । नेपाल प्रहरीले आवश्क नीति नियम बनाउँदैछ ।