‘नाईं नभन्नू ल ५’ को ट्रेलर, यस्तो छ (भिडियो)

251

साउन १२,
काठमाडौं । फिल्म ‘नाईं नभन्नू ल’ ५ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलर कलरफूल बनेको छ । नेपालमा सबैभन्दा धेरै सिक्वेलको रेकर्ड राखेको फिल्म हो । बाल कलाकार अनुभव रेग्मी र नवबाल कलाकार सेड्रिना शर्मासँगै अभिनेत्री स्वस्तिमा खड्का र नव अभिनेता अभिषेक नेपालको प्रेमलाई ट्रेलरमा देखाइएको छ । निरुता सिंह, प्रियंका कार्की, केकी अधिकारी, दीलिप रायमाझी लगायतका कलाकारहरु पनि ट्रेलरमा अटेका छन् । ट्रेलरमा प्रयोग गरिएका संवादहरु घतलाग्दा छन् । लोकेशन र खिचाई पनि उत्कृष्ट छ । फिल्मलाई विकास आचार्य र सामीप्यराज तिमल्सेना मिलेर लेखेका हुन् भने फिल्मको छायांकन पुरुषोत्तम प्रधानले गरेका हुन् । भदौ ८ गते रिलिज हुने फिल्ममा जयनन्द लामा, उत्तम केसी, बुद्धि तामाङलगायतका कलाकारको पनि अभिनय छ ।

-फिल्मीखबरबाट