अनुहार चम्काउन कुकुरको पिसाव खाने महिला

235

एजेन्सी । गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन हाम्रो नेपाली समाजमा कुनै नौलो कुरा होईन । तर, एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छन् । सार्वजनिक भएको एक भिडियोमा उनले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छन् र आफ्नो अनुभव सुनाएकी छन् । उनी भन्छिन्, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु रु मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ रु अनि मेरो अनुहार किन सधैं चम्किलो छ ’

त्यसपछि उनले कुकुरले त्याग गरेको एक कप मुत्र संकलन गर्छिन् र त्यसलाई सनक्क पिउँछिन् । एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनले पुनः कुराकानी सुरु गर्छिन् र भन्छिन्, ‘मैले मेरो कुकुरको मुत्रपान सुरु गर्नुअघि म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि अनुहारमा दागधब्बा थिए ।’

कुकुरको मुत्रमा भिटामिन ए र भिटामिन इ, क्याल्सियमलगायतका फाइदाजनक तत्व हुने उनको दाबी छ । साथै कुकुरको मुत्रले क्यान्सर हुनबाट पनि जोगाउने जिकिर उनको छ ।

स्मरणरहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट गरिने उपचार अर्थात् युरो थेरापी प्रचलनमा थियो । तर आधुनिक चिकित्सामा यसको प्रयोग गरिँदैन ।