गजलः समय कुरेको छु

111

-पबित्रा आर्चाय,
एक दिन त यस्तो पनि आउछ कुरेको छु
मलाई भेट्नकै लागि त्यो ज्यान धाउछ कुरेकोे छु ।

मुटु मेरो पनि छ तिम्रो पनि त छ,
दुख्ने पालो तिम्रो मुटुले भोलि पाउछ कुरेको छु।

मेरा आशुहरु रित्याउने तिम्रो उद्देश्य हो भने पनि
पालो आउछ तिम्रा आखाले आसु बगाउछ कुरेको छु ।

के बोले भनिरहन के बाकीं राखेउ र भनत ?
समय रित्तिए पछि सम्झन्छौ पछुतोे लाउछ कुरेको छु ।