मौरिससमा विद्यार्थी पठाउन रोक

99

साउन २२,
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मौरिससमा पढ्न जान चाहने विद्यार्थीलाई वैदेशिक अध्ययन अनुमतिपत्र एनओसी दिन रोक लगाएको छ । दक्षिण अफ्रिकास्थित नेपाली राजदूतावास र परराष्ट्र मन्त्रालयको सुझावमा मन्त्रालयले अनुमतिपत्र दिन रोकेको हो । दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेर अध्ययनका लागि मौरिसस पुगेका विद्यार्थी पटकरपटक अलपत्र परेर उद्धार गर्नुपरेको जानकारी गराएको थियो ।दूतावासको सुझावका आधारमा परराष्ट्रले शिक्षा मन्त्रालयलाई पत्राचार गरेर मौरिससमा रहेका विद्यार्थीबारे जानकारी दिएको थियो । परराष्ट्रको पत्रमा काम गर्दै पढ्ने सर्तमा नेपाली विद्यार्थी त्यहाँ पुगे पनि त्यस्तो वातावरण नभएको उल्लेख छ । ‘काम गरे पनि पारिश्रमिकले विश्वविद्यालयको शुल्क र खाने व्यवस्था गर्न कठिन हुने देखिएको छ,’ पत्रमा छ ।