भक्तपुरका चोक चोकमा यसरी जलाइयो राक्षस तस्विरमा हेनुहोस्

200

साउन २४,
भक्तपुर । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दशीका दिन मनाइने घण्टाकर्ण पर्व भक्तपुरमा विहिबार बिशेष रुपमा मनाइएको छ ।
भक्तपुर नगरक्षेत्रका गल्ली गल्लीमा बडो धुमधामका साथ मनाउने गरिन्छ । घण्टाकर्ण पर्वलाई उपत्यकाका नेवार समुदायले भने गठेमङ्गल पर्वका रुपमा समते मनाउने परम्परा रहेको छ ।
मानवता विरोधी राक्षसबाट मुक्ति पाएको सम्झनामा आजको दिन बिहानै स्नान गरी घरलाई सफा सुग्घर पारेर हरियो नर्कट, निगालो र गहुँको छ्वाली मिसाएर तीनखुट्टे राक्षस बनाई दोबाटो चौबाटोमा उभ्याइन्छ ।
राती राँको बालेर भूत भगाइन्छ र पुतलाका रुपमा बनाइएको घण्टाकर्ण राक्षसको मुखमा आगो लगाएर घिसार्दै खोला किनारमा पु¥याइन्छ । अश्लील गाली र गीत गाउँदै मनोरञ्जन गरेर घण्टाकर्ण राक्षसलाई जलाइन्छ ।
यसरी परम्परा देखी नै अश्लिल शब्दहरुको प्रयोग गर्ने छुट रहेको किम्बदन्ती पाउन सकिन्छ ।
परापूर्व कालमा दोबाटो चौवाटोमा वसेर जे पायो त्यही खाने र बाटो हिड्ने मानिससित जगात पैसा उठाई दुख दिने घण्टाकर्ण गठामङगल नाम गरेको राक्षस मारिएको दिन सम्झेर यो पर्व मनाइन्छ । आजैबाट बस्तीमा लामखुट्टे आउन समेत कम हुने जनविश्वास रहेको छ ।