किसानलाई मल अभाव

171
?

साउन २५,
ललितपुर । मलखाद र सिँचाइको असुविधाका साथै समयमै रोग निवारणको पहल नगर्दा किसानले पर्याप्त उत्पादन लिन सकेका छैनन् । नेपाल कृषि अनुसन्धान परिषद्नार्कले सिफारिश गरेका बीउबाट किसानले पर्याप्त आम्दानी लिन नसकेको जनाएको छ । नार्कमा कार्यरत वरिष्ठ वैज्ञानिक मनोज ठाकुरले बीउ उपलब्ध गराए पनि बालीका लागि चाहिने प्रविधि र ज्ञान दिन नसकेको बताउनुभयो । उन्ले भने, “पर्याप्त आम्दानी लिन किसानलाई ज्ञानको अभाव छ ।” किसानले मल र सिँचाइ समयमै पाए उत्पादन दोब्बर लिन सक्ने उहाँको भनाइ छ । अहिले राष्ट्रिय उत्पादन २।४ मेट्रिक टन भएकामा त्यसलाई दोब्बर गर्न किसानलाई आवश्यक कुरा उपलब्ध गराउनु पर्छ । उन्ले भने, “सम्बन्धित सबैले किसानका लागि आवश्यक कुरा उपलब्ध गराउन ध्यान दिनुपर्छ ।” किसानले वर्षेनी मलको समस्या भोग्दै आएका छन् । कतिपय किसानले युरिया मल पाइने आशामा समयमै बाली लगाउँछन् । उहाँ भन्नुहुन्छ, “किसानले मल हाल्न नपाएका धेरै घटना छन् ।” नार्कले धान, मकै, गहँुलगायतका बालीका उन्नत जातको विकास गर्दै आएको छ । कतिपय स्थानीय जातलाई समिश्रण गराएर तथा कतिपय बीउ अन्य मुलुकबाट ल्याएर नार्कमा उत्पादन र रोग प्रतिरोधी क्षमता परीक्षण गरी किसानका लागि सिफारिश गर्ने गरिएको छ । नार्कले पहिले आफ्नो खेतबारीमा बीउ रोपेर परीक्षण गर्छ । त्यसमा राम्रा गुण पाए मात्र सिफारिशको प्रक्रिया अघि बढाउँछ । “किसानको खेतमा दुई यामसम्म बीउ लगाएर मात्र किसानका लागि सिफारिश गरिन्छ,” ठाकुरले भने । नार्कले गत वर्ष दुई किसिमका धानको बीउ सिफारिश गरेको थियो । बालीमा लाग्ने रोगको उपचार समयमै नपाएको वरिष्ठ वैज्ञानिक ठाकुरले बताए । किसानले जिल्ला कृषि विकास कार्यालय तथा स्थानीय निकायमा समस्या राख्ने गरेका छन् । उन्ले भने, “रोग लाग्दा किसान कहाँ जाने भन्ने अन्यौलमा छन् ।” एग्रोभेटले रोगको पहिचान नै नभई विषादी दिने गरेका छन् । नार्कअन्तर्गतको बाली विज्ञान महाशाखामा कार्यरत प्राविधिक अतित पराजुली यहाँको खेतमा छ टनसम्म फल्ने बीउ किसानका खेतमा पुग्दा तीन टन हाराहारीमा मात्रै उत्पादन दिएको बताए । उन्ले भने “मल, सिँचाइ र प्रविधि उपलब्ध भए उत्पादन पनि बढ्छ ।” देशभर ८५ प्रतिशत धान, ९७ प्रतिशत गहुँ र ८५ प्रतिशत मकैको बीउ नार्कले विकास गरेको उन्नत बीउ किसानले प्रयोग गर्दै आएको नार्कको तथ्याङ्क छ ।