इन्डोनेसियाको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ३८० भन्दा धेरै

96

साउन २६,
मताराम, इन्डोनेसिया, २६ साउन ९रासस÷एएफपी० ः इन्डोनेसियाको लोम्बोक द्वीपमा एक हप्ता अगाडि गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ३८७ पुगेको छ । भूकम्पको कारण हजारौ विस्थापित भएका छन् । ती व्यक्ति स्थानीय शरणार्थीस्थलमा बसोबास गर्न बाध्य भएका छन् । भूकम्प गएका एक हप्ता बिति सक्दा पनि पीडितलाई खाध्य पदार्थ, औषधि र सफा खानेपानीलगायत सुत्ने स्थानको समेत कमी भएको अधिकारीले जानकारी दिएका छन् । इन्डोनेसियामा यसै क्षेत्रमा ६.४ म्याग्नीच्यूडको भूकम्पमा परी १७ जनाको मृत्यु भएको एक हप्तापछि नै ६।९ म्याग्नीच्यूडको अर्को शक्तिशाली भूकम्प गएको हो ।

उद्धारकर्ता भूकम्पको बढी प्रभावित क्षेत्रमा प्रवेश गरेलगतै यो सङ्ख्या बढेर ३८७ पुगेको सरकारी अधिकारीले शनिबार जानकारी दिएका छन् । यस भूकम्पको केन्द्रविन्दु लोम्बोकबाट १८ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहबाट करिब १५ किलोमिटर गहिरो रहेको बताइएको छ । साथै यस भूकम्पमा परी करिब १३ हजार व्यक्ति घाइते भएका र दुई लाख विस्थापित भएका राष्ट्रिय प्रकोप नियन्त्रण निकायका प्रवक्ता सुटोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।